वीरगञ्ज,बाराको परवानीपुरमा आयोजित तेस्रो परवानीपुर गोल्डकप फुटबलको उपाधि वीरगञ्ज युनाईटेड क्लबले उचालेको छ । शनिवार भएको फाइनल खेलमा हेटौंडा फुटबल एकेडेमीलाई ट्राइब्रेकरमा ४÷३ गोलले स्तब्ध पार्दै साविक विजेता वीरगञ्जमा कब्जा जमाएको हो ।

निर्धारति ९० मिनेटको खेलमा दुवै टोलीले १÷१ गोलको बराबरी खेलेपछि खेलको ट्राइब्रेकरमा धकेलिएको थियो ।
परवानीपुर खेल मैदानमा भएको फाईनल खेलमा वीरगञ्ज युनाईटेड क्लबले हेटौडा फुटबल एकेडेमीमाथि सुरुदेखि नै दबाब बनाएको थियो । खेलको ३०औं मिनेटमा उदीतनारायण चौधरीले पहिलो गोल गरेर वीरगञ्जलाई अग्रता दिलाएका थिए । तर खेलको ८५औं मिनेटमा हेटौंडाका लागि सखिल गुरुङले गोल गर्दै खेले बराबरीमा पु¥याए ।त्यसपछि भएको ट्राईबे्रकरमा पाँचमध्ये वीरगञ्जका चार खेलाडीले गोल गरे भने हेटौंडाका ३ जनामात्रै सफल भएका थिए ।
उपाधिसंगै वीरगञ्जले नगद दुई लाख एक हजार रुपैयाँँ पाएको छ भने उपविजेता हेटौंडाले एक लाख एक हजार रुपैयाँमै चित्त बुझाएको छ ।

शक्ति युवा क्लबले आयोजना गरेको प्रतियोगिताको समापन समारोहमा उपाधि विजेता वीरगन्जलाई परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले नगद सहित ट्रफी प्रदान गर्नुभयो । उपविजेता हेटौंडालाई वडा अध्यक्ष राधाकृष्ण साह रौनीयार र समाजसेवी नागमणी उपाध्यायले नगद सहित ट्रफी हस्तान्तरण गर्नुभएको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वीरगञ्ज युनाईटेड क्लबका अमर डंगोल घोषित भए । यस्तै उत्कृष्ट गोल रक्षक वीरगञ्ज युनाईटेड क्लबकै दिलमणी चौधरी, उत्कृष्ट रक्षक वीरगञ्ज युनाईटेड क्लबकै संजय चौधरी, बेष्ट मिडफिल्डर वीरगञ्ज युनाईटेड क्लबकै विपिन दुम्सी मगर,उत्कृष्ट प्रशिक्षक पनि वीरगञ्ज युनाइटेड क्लबकै रामकिशोर धामी घोषित भए । उनीहरुलाई जनही नगद पाँच पाँच हजार रुपैया प्रदान गरिएको थियो ।

Leave a Reply