वीरगन्ज,वीरगन्जको नारायाणी अस्पतालमा निर्माण गरिएको अक्सीजन प्लान्टको बुधबार उद्घाटन गरिएको छ ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगी र पर्सा क्षेत्र नम्बर २ का सांंसद बिमल श्रीवास्तवले अक्सीजन प्लान्टको संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । कोरोनाको संभावित तेश्रो लहरको जोखिमलाई ख्याल गर्दै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको पिता समेत रहनु भएका उद्योगी तथा समाजसेवी स्वर्गीय चिरन्जिवीलाल सरावगीको स्मृमितमा सांसद श्रीवास्तवको संसदीय बिकास कोषबाट सो प्लान्ट निर्माण गरिएको हो ।
अक्सीजन प्लान्ट स्थापना भएपछि अब नारायणी अस्पतालमा अक्सीजनको अभाव नहुने र अक्सीजन अभावकै कारण कसैको पनि ज्यान नजाने नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. बीरेन्द्रबहादुर प्रधानले बताउनुभयो । सांसद श्रीवास्तवको भौतिक पुर्वाधार बिकास कार्यक्रमबाट २ करोड तथा महानगरपालिकाका नगर प्रमुख बिजयकुमार सरावगीको ५० लाखको सहयोगमा सो प्लान्ट संचालनमा ल्याइएको महानगरपालिकाका नगर प्रमुखको सचिवालयले जनाएको छ । उक्त प्लान्टबाट दैनिक एक सय ४ ठूलो सिलिण्डर बरावरको अक्सीजन उत्पादन हुने नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिनुभयो ।