मनोज शाह
जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकबाट प्रहरीले ६२ केजी गाँजासहित एउटा माइक्रो बस नियन्त्रणमा लिएको छ । माइक्रोका चालक र त्यसमा सवारहरु व्यक्तिहरु भने फरार भएको प्रहरीले जनाको छ ।हेटौडाबाट वीरगञ्जतर्फ आउदै गरेको ना १ ज ८४५८ नम्बरको माइक्रो चेकजाँचको क्रममा भागेपछि पथलैयाबाट पछ्याउदै गएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ गुम्बाटोलबाट ६२ केजी लागु औषध गाँजासहित गाडी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमरा प्रमुख चिरञ्जीवी दाहालले बताउनुभयो । नियमित चेक जाँचमा सडकमा बसेको प्रहरी टोलीलाई देखेपछि चालकले प्रहरीको शंकेतको बेवास्ता गर्दै माइक्रो भगाएर सिमरातर्फ लगेका थिए ।चालकसहित माइक्रोमा सवार र फरार अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको र प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रमुख दहालले बताउनुभयो ।

Leave a Reply