बिदुर खडका
डुमरवाना,
भौतिकवादी समाजको बारा जिल्ला भेला आगामी शनिवार जीतपुरसिमरा उपमहनगरपालिका वडा नम्बर १४ बेहरीमा आयोजना हुने भएको छ ।भौतिकवादी समाज नेपालको अध्यक्ष तथा अधियान्ता बैद्यनाथ श्रमजीवीले भौतिकतावादी दर्शनको प्रचार प्रशार गर्न समाजको बारा जिल्ला भेला आयोजना गर्न लागिएको बताउनुभयो ।उहाँले हालसम्म देशका १० वटा जिल्लामा समाजको शाखा गठन भइसकेको र यही क्रममा बारामा पनि भेलामार्फतसमिति गठन गर्न लागिएको जानकारी दिनुभएको छ ।

भौतिकवादी समाजले विभिन्न दर्शनमा आस्था राख्ने मानिसहरुलाई विज्ञान र समाजको वास्तविकता बारे बुझाउने काम गर्ने उहाँले बताउनुभएको छ । अध्यक्ष श्रमजीवीले बारामा हुने जिल्ला भेलामा सहभागी हुन समाजका विभिन्न वर्ग र समुदायका महानुभावहरुसंग आग्रह पनि गर्नुभएको छ ।भौतिकवादी समाज नेपालका अध्यक्ष तथा अभियान्ता बैद्यनाथ श्रमजीवीले मानिसले मानवता र प्रकृतिवादी भएर बाच्नुपर्ने बताउनुभएको छ ।

चेतनाको कमीले गर्दा कुनै विषयमा अन्धविश्वास बोकेर र कसैको अन्धभक्त भएर बाच्नु पर्दा जीवनले सार्थकता नपाउने उहाँको भनाई छ । अन्धभक्त र अन्धविश्वासी बन्न सजिलो भएपनि मानवतावादी र प्रकृतिवादी हुन भने केही कठिन भएको पनि उहाँको प्रतिक्रिया छ ।मानिसले आफै मंन्दिर, मुर्ति, मस्जीद र चर्च बनाउछन, तर आफूले बनाएका बस्तुहरुसंग बरदान र भिक्षा माग्ने संस्कारको अन्त्यको लागि भौतिकवादीहरुले समाजमा चेतना जगाउने कार्यमा लाग्नुपर्ने श्रमजीवीको भनाई छ ।दुई दशकसम्म प्रगतिशील लेखक संघ र सचेतना साप्ताहिक पत्रिकाको सम्पादकको काम गर्नुभएका वीरगञ्ज निवासी श्रमजिवीले धर्म, रितिरिवाज र संस्कार जोगाउने नाममा मानिसमानिसबीच व्दन्द बढेको बताउनुभएको छ ।
अध्यात्मवादीहरुले विज्ञान र वैज्ञानिकले बनाएका सामग्री उपभोग गरी विश्वका सिमित वर्गको स्वार्थको लागि विभिन्न बाहानामा जनतालाई लडाई रहेको उहाँले जनाउनुभएको छ ।मानिसको शिक्षा र चेतनामा भएको विकासकै कारण हाल विश्वमा १७ प्रतिशत मानिसहरुले भौतिकवादी दर्शनमा विश्वास राख्ने गरेको पनि उहाँले जानकारी दिनुभयो ।

Leave a Reply