अनिल तिवारी
सिमरा – बारामा जलाउँदै गरेको शवलाई प्रहरीले पौष ३ गते राती १० ३० मा नियन्त्रणमा लिएको थियो । हत्यापछि महिलाको शवलाई जलाउँदै गरेको खबर पाएपछि प्रहरीको टोली तत्कालै घटना स्थलमा गएर शव नियन्त्रणमा लिएको हो । पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको जलाउँदै गरेको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले मृतक माल्तीलाई न्याय देला की नदेला भन्ने कुरामा शंका उबजीएको छ ।
श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यसको बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामयाद महतो नुनियाले आफ्नै श्रीमती नुनियाको शवलाई जलाउँदै गरेको खुलेपछि शवलाई नियन्त्रणमा लिई अनुसान्धान शुरु गरेको प्रहरीको अन्सधानले अर्कै मोड लिएपछि माल्तीले न्याय पाउने की नपाउने भन्ने कुरामा शंका थपिएको हो । शुरुमा घरमा मारेर जलाउने लागेको जानकारी पाएपश्चात घटना स्थल पुगेको जानकारी प्रहरीले नै दिएको थियो । तर हाल प्रहरीले माल्तीको बिरामी परेको कारण मृत्यु भएको हुन सक्ने भनी अनुसन्धानबाट आएको जानकारी गराएको छ ।
५ वर्षे मेला हेर्न कामबाट घर आएको माल्तीका श्रीमान काम मै फर्किएको र मृत्यु हुने समय उनि फेरी घर आएको भनाई प्रहरीको छ । रामयाद भारतको दिल्लीमा कवाडीको काम गर्ने गरेका छन् । मेला हेर्न घर आएको रामयाद मेला पश्चात फेरी काममा फर्किय । उनि काममा दिल्ली गएको केहि समयमा माल्तीलाई झाडा पखालाले सताएको भन्ने कुरा रामयादलाई घरबाट जानकारी आएपछि उनि फेरी घर फर्कियको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । रामयाद घर आउदैँ गर्दा उनकी श्रीमती माल्तीको मृत्यु भएको र उनलाई घरपरिवारले मिलेर जलाउन लगदा रामयाद जलाउने स्थानमा आइपुगेको कुरा प्रहरीको अहिलेको अनुसन्धानमा देखिएको प्रहरी नायब निरिक्षक देवबहादुर खत्रीको भनाई छ ।
मृत्क माल्तीको मृत्यु हुनु र उनका श्रीमान दिल्लीबाट घर आउनुपनि संयोग बस संगै भएकोले यो हत्या देखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । हाल प्रहरीले रामयादलाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जील्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।
आफ्नो छोरीलाई मारेर जलाउन लागेको खबर पाएपछि माल्तीका बुवा भारतको मोतिहारी जिल्लाको जुवापुर बस्ने बिन्दा महतोले प्रहरीलाई खबर पौष ३ गते राती खबर गरेको थियो । तर अब बिन्दाले आफु गाँउलेको कुरामा लागेर आरोप लगाए बताउदै आफ्नी छोरी बिरामी भएको कारण उनको मृत्यु भएको प्रहरीलाई जानकारी गराएको प्रहरीको भनाई छ । यता शव लगभग आधि भन्दा बढि जली सकेको र केहि अंशमात्र बाकीँ रहेको भागलाई पोस्टमार्टमका लागि पठाउदा उपलब्धि मुलक नतिजा आउन नसकेको जील्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक मिश्रको भनाई छ ।
शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको थियो । घटना स्थलमा प्रहरी पुगेको जानकारी पाएसंगै मृतक माल्तीकोको श्रीमान, सासू ससुरा सबै फरार भएका थिए । तर प्रहरीले फरारहरु मध्येका मृतकका श्रीमान रामयादलाई माघ ५ गते नियन्त्रणमा लिए कर्तब्य ज्यान मुद्धा दर्ता गरी अनुसन्धान गरीरहेको प्रहरी नायब उपरिक्षक मिश्रले जानकारी दिनुभयो । घटनामा संलग्न थप तिन जनालाई नियन्त्रणमा लिन नसक्नु, पक्राउ परेका रामयाद काम गर्न बाहिर रहेको अनुसनधानमा देखिनु जस्ता कुराले मृतक माल्तीले न्याय पाउने या नपाउने भन्ने कुरामा शंका देखिएपनि प्रहरीले यस बारे थप अनुसन्धान गरीरहेको छ ।
बारामा यस आर्थिक वर्षको ६ महिनामा ३५० ओटा महिना हिंसा सम्बन्धि निवेदन आएको छ । जसमध्ये जील्ला प्रहरी कार्यालय बाराको महिला बालबालिका तथा जेष्ठ नागरीक सहयाता केन्द्रले एक सय ८३ ओटा निवेदनलाइए फरछौट गर्न सहमती गरेर पठाएको देखिन्छ । भने अरु निवेदनमा काम गर्न बाकी देखिएको छ ।