सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको दुधौरा खोला पुल नजिक कारभित्र एक जना पुरुष शनिवार बिहान मृत अवस्थामा फेला परेका छन् ।जीतपुरसिमरा उपमहानगरपालिका– ११ अमाडारको दुधौरा खोला पुल नजिक सडकमा एक जना पुरुष गाडीभित्र मृत अवस्थामा फेला परेका हुन् । सडक किनारामा रोकेर राखिएको कारभित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा उपमहानगरपालिका– १ घर भई सिमरा विमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जनाएको छ ।

प्रहरीका अनुसार रुम्बा नेपाल प्रहरीका कर्मचारी हुन । उनी सिमरा विमनस्थलमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । स्थानीयहरुले गाडीभित्र शव रहेको खबर गर्नेबितिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो ।

बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपतिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गाडी सिमरा एयरपोर्टमा कार्यरत राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक श्रीकान्त तिवारीको रहेको बारा प्रहरीले जानकारी दिएको छ । काम पर्याे भनेर रुम्बाले उनीसँग कार लिएर गएका थिए ।

Leave a Reply