सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ टोल कचोर्वामा शनिबार नेपाल कमुनिष्ट पार्टी एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रेवेश कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य अच्युत मैनालीले पार्टी अध्यक्ष केपी ओलीले देश बनाउने सपना साकार हुने बताउनु भएको छ । उहाँले मानव शक्ति अभेद शक्ति भएको भन्दै मानिसले संघठित रुपमा प्रयास गरेको खण्डमा धेरै ठुलाठुला चुनौति पनि सहजै सामना गर्न सक्ने बताउनु भयो ।
कार्यक्रमका अर्का वक्ता पूर्वमन्त्री पुरुर्षोत्तम पौडेलले नेकपा एमालेमा रहेको फोहोर सफा भइरहेको बताउनुभयो । उहाँले नेकपा एमाले अन्याय अत्याचार, भ्रष्टाचार र शोषणको बिरोध गर्दै अघि बढिरहेको भन्दै जनताको पक्षमा काग गरेको हुँदा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याएर जित हात पार्ने बताउनुभयो ।
त्यस्तै एमाले प्रदेश नम्बर २ अध्यक्ष एंव पूर्वमन्त्री ज्वाला साहले महिलाहरुको सहभागिता बिना देशको विकास शंभव नभएको बताउनुभयो । त्यसैले पार्टीमा पनि महिलाको सहभागिता बढाउन जरुरी रहेको उहाँले बताउनुयो ।
स्थानीय नेता दयानिधिप्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नम्बर २ का सदस्य जलान्धर सिह, प्रदेश सभा सदस्य जयप्रकाश यादव, त्रिलोकीप्रसाद चौधरी, ढुन्ढिराज उप्रेती, केवलप्रसाद चौधरी, जिल्ला कमिटी सदस्य एव कोल्हवी नगरपालिका मेयर भरतबहादुर भण्डारी, नेकपा एमालेका नेता महेन्द्रप्रसाद जयसवाल, ताराचन्द्रप्रसाद साह, युवा नेता सन्नी गुप्ता लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा सिम्रौनगढ नगरपालिकामा जसपाका प्रभावशाली नेता रामेश्वर यादव लगायत विभिन्न पार्टी परित्याग गरी ६९ जना नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन । उहाँहरुलाई नेता पौडेल, मैनाली र साहले फुलमाला, अबीर लगाएर स्वागत गर्नु भएको थियो । नेता रामप्रवेश कुशवाहाले स्वागत गरेको सो कार्यक्रमको सन्चालन नेता रामएकवलप्रसाद यादवले गर्नुभएको थियो ।


















