सिम्रौनगढ,नेकपा एमालेबाट बारा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार अच्युत मैनाली र जसपाबाट प्रदेश सभा ख का उम्मेदवार सरोज यादवलाई शनिवार सिम्रौनगढमा मतदाताले पुष्पगुच्छाले स्वागत गरेका छन ।

चुनाव प्रचारको क्रममा सिम्रौनगढको गंगानगरमा पुगेका एमाले र जसपाका संयुक्त उम्मेदवार मैनाली र यादवलाई मतदाताहरुले घरको छलमा बसेर पुष्पगुच्छाले स्वागत गरेका हुन । केही मतदाताले भने सडकमै आएर उम्मेदवारहरुको जितको लागि शुभकामना प्रदान गर्दैै फूलको माल पहिर्याएका थिए । उम्मेदवारहरुको स्वगतमा हजारौ मतदाता सडकमा उत्रिएका थिए भने केहीले घरको छत र कौशीमा बसेर पुष्पवृष्टि गरेका हुन । शनिवारको कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलसहित जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

आपसी तालमेलबाट चुनावी मैदानमा उत्रिएका एमालेका मैनाली र जसपाका यादवलाई सिम्रौनगढ क्षेत्रका मतदाताले हरेक दिन हार्दिक स्वागत गर्ने गरेको नेकपा एमाले चुनाव परिचालन कमिटीका संयोजक भरतबहादुर भण्डारीले बताउनुभयो । चुनाव प्रचारको क्रममा सिम्रौनगढ नगरपालिकाका मतदातासंग भेटघाट गर्ने क्रममा घरघरमा पुगेका दुबै उम्मेदवारलाई स्थानीयले भव्य स्वागत गर्दै आएको उहाँले सुनाउनुभयो ।

प्रदेश (क) मा भन्दा तुलनात्मक रुपमा केही कमजोर मानिएको एमाले जसपासंगको चुनावी तालमेलपछि उक्त क्षेत्रका मतदातामा उत्साह थपिएको र दुबै पार्टीको अवस्था थप मजबुद बनेको र भण्डारीले जानकारी दिनुभयो । उहाँका एमाले र जसपाको चुनावी घरदैलो कार्यक्रममा हरेक दिन हजारौं सर्वसाधारणको उत्साहजनक सहभागिता रहने गरेको छ ।

एक साताअघि सिम्रौनगढ क्षेत्रबाट सुरु भएको घरदैलो कार्यक्रम नगरका सबै वडामा शनिवार सम्पन्न भएको छ । आइतवारबाट सोही क्षेत्रको आदर्शकोतवाल गाउँपालिकाबाट घरदैलो आयोजना गरिने संयुक्त चुनाव प्रचार समितिले जनाएको छ ।

Leave a Reply