राजन कुमार बानिया
पोखरिया,पर्साको पोखरिया नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सञ्चालनमा आएको छ। साउन २२ गते नगरपालिकाको वडा नम्बर ४ मा रहेको राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखामा एक कार्यक्रमकाबीच नगर प्रमुख प्रद्युमनप्रसाद चौहानले एटीएमको उद्घघाटन गर्नुभएको बैंकका पोखरिया शाखा प्रमुख बिमल पुडासैनीले जानकारी दिनुभयो।

राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका प्रमुख बिमल पुडासैनीलेको अध्यक्षतामा भएको एटीएम उद्घघाटन कार्यक्रममा प्रमुख अतिथिमा पोखरिया नगरपालिकाका मेयर प्रद्युमनप्रसाद चौहान, उपप्रमुख रूबीकुमारी ठाकुर, सुरज चौहान, निरज ठाकुर, पत्रकार, बैंकका कर्मचारीलगायत ग्राहकहरूको उपस्थिति थियो।कार्यक्रममा स्वागत मन्तव्य बैंकका क्यासियर काउन्टर इन्चार्ज प्रियंक गुप्ताले राख्नु भएको छ ।बैंकको एटीएम बिहानदेखि साँझम्म खुल्ला रहने शाखा प्रमुख पुडासैनीले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै नगर प्रमुख चौहानले एटीएम सञ्चालनमा आएसँगै लाईनमा बसेर पैसा झिक्नु पर्ने झन्झटबाट मुक्त पाईने बताउनुभयो ।

Leave a Reply