बारा र पर्साको वीरगञ्ज– पथलैया करिडोर अथवा औद्योगिक क्षेत्रमा कम्तीमा पनि साना ठूला गरी दुई सयभन्दा बढी उद्योगहरु छन् ।यो क्षेत्रमा निकै पुराना उद्योगदेखि नयाँ थपिएका उद्योगहरु पनि छन् । यहाँको उद्योगले देशको राजश्वमा पनि राम्रो योगदान दिने गरेका छन् भने रोजगारको अवसर पनि राम्रै सृजना गरेका छन् । तैपनि यो क्षेत्रलाई सरकारी तवरबाट अझै औद्योगिक क्षेत्र घोषणा गरेको अवस्था छैन ।

सरकार बारा, पर्सा क्षेत्रका नागरिकहरुलाई विभेद गर्छ भन्ने कुरा त यसैले पनि पुष्टि गर्दछ तर अहिले सरकारमा भने पर्साका केही माननीयहरु पनि मन्त्री भएका छन् । उनीहरुले राम्रै मन्त्रालयको जिम्मेवारी पनि पाएका छन् । अहिलेको सरकारले चाहेको खण्डमा भने बारा र पर्साका औधोगिक क्षेत्रका उद्योगहरुको सवालमा निर्णय गर्न सक्छ । अलिकति पहलको भने आवश्ककता पर्नेछ ।

हुन त मधेस प्रदेशकै मुख्यमन्त्री सतिकुमार सिंहले आफूले पहल गर्ने कुरा बताएको पनि कुरा बाहिर आएको छ । जनप्रतिनिधिहरुले वास्तवमा यस्तै काम गर्ने हो तर गरेको देखिदैन । अब मुख्यमन्त्रीको कामले कति सार्थकता पाउला त्यसका लागि त समय हुर्नु पर्नेछ तैपनि मुख्यमन्त्री सिंहको प्रयास भयो भने चैं सहनीय हुनेछ तर केवल चर्चामा आउनका लागि मात्र भनेको भए चैं त्यसको अर्थ छैन । तर यो क्षेत्रलाई करिडोर घोषणा गर्न चैं अति आवश्यक छ ।

Leave a Reply