राजन कुमार बनिया

पोखरिया,पर्साको जानकिटोला वडा नम्बर २ जगरनाथपुर गाउँपालिकामा मंगलबार श्रीबिष्णु सहस्त्रनाम महायज्ञको कलश यात्रा भएको छ ।११ सय ५१ कुवारी कन्याहरुले कलश यात्रामा भाग लिएका थिए ।जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादवले कलश यात्राको शुभारम्भ गर्नु भएको थियोे । महायज्ञमा अध्यक्ष यादवले ११ लाख २५ हजार रुपैयाँ सहयोग पनि उपलब्ध गराउनु भएको छ । अध्यक्षले १० लाख रुपैयाँ नगद एक लाख रुपैयाँ बराबरको पेयपदार्थ र २५ हजार रुपैयाँ बराबरको प्रसादको सामग्री उपलब्ध गराउनु भएको हो ।महायज्ञको जलयात्रा बाजागाजा, घोडदौडको साथै जानकीटोला यज्ञस्थलबाट भिखमपुर, पिपरा हुँदै लक्ष्मीपुर, जमुनिया, गढहिया, पाण्डेपुर, दसौता गाउँको परिक्रमा गर्दै रैनीझैनी मन्दिरको नजिक उत्तर बाहनी ओरिया नदीमा जल भरेर कन्याहरुले जानकीटोला यज्ञस्थलमा पुगेर शुभारम्भ गरेका हुन् ।महायज्ञ मंगलबारबाट ११ दिनसम्म सञ्चालन हुने महायज्ञका अध्यक्ष तथा पूर्वगाविस मुखिया कृष्णमोहन यादवले जानकारी दिनुभयो । महायज्ञबाट धर्मको रक्षा र प्रचारप्रसार हुनुका साथै विभिन्न ज्ञान प्राप्ति हुने उहाँको भनाइ छ ।
नेपाल र छिमेकी देश भारतमा शान्ति कायम होस् भन्ने उद्देश्यले जानकीटोलमा पहिलो चोटी महायज्ञ गरिएको आयोजक समितिले जानकारी दिएको छ । कलश यात्रामा नेपाल भारतका हजारौंको संख्यामा भक्तजनहरुको सहभागीता रहेको थियोे । कलश यात्रामा गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन यादव, वडा अध्यक्ष नेपाली कुशवहा, लक्ष्मी साह तेली, अयोध्या पटेल, पूर्वअध्यक्ष झकड मियाँ, मन्जय गिरी, महायज्ञका पूजारी प्रवचनकर्ता पंडित उपेन्द्र परासर, हरिद्वारका प्रवचनकर्ता पंडित पवन, भरद्ववाज लालबाबु कुशवाहा, रमेस कुशवाहा, हरेन्द्र कुर्मी, रामनरेश यादव, हरि पटेल, लक्ष्मण राम चमार, लक्ष्मण बैठा, सशस्त्रका डीएसपी प्रमोद खड्का, ईप्रका जगरनाथपुरका साई बिरेन्द्र साहलगायत स्थानीय प्रशासन समेत उल्लेखनीय सहभागिता रहेको थियो ।महायज्ञमा हिन्दु, मुस्लिम र दलितहरुको सहयोग रहेको सो यज्ञ स्थलमा ८५ जनाले चौका बस्ने गरेको आयोजक समितिले जनाएको छ । महायज्ञ स्थलमा दलितहरु पनि चौका बस्ने आयोजकले जानकारी दिएका छन् । मंगलबारदेखि भारतको हरिद्वारबाट आउनु भएकाकोबाट रामलिला सुरु हुने र महायज्ञमा नेपाल र भारतका पण्डितहरुबाट र साधु महात्माले प्रवचनको माध्यमबाट ज्ञान, सन्देश प्रवाह गर्ने आयोजनाको भनाइ छ । महायज्ञमा विभिन्न किसिमका मनोरन्जको लागि मौतकुवा, झुलवा र पसलहरु राखिएको छ । साथै नेपाल भारतका गायकहरुले संगितिक प्रस्तुति दिनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here