हुनत एक समूहलाई यो कुरा चित्त नबुझ्न पनि सक्ला तर सत्य भनेको जसले जे भनेपनि सत्य नै हुन्छ ।राजामहाराजाहरुको कल्पना गर्नेहरुलाई यो कुरा जयाज नलागेपनि चैत १५ गतेकाठमाण्डौंको तीनकुनेमा भएको घटना हिंसात्मक नै हो । मानवीय र भौतिक धेरै क्षति भएको पनि छ । यस्तो घटनामा संलग्नलाई कानुनको दायरामा ल्याउनु कानुनी शासनको अभ्यास नै हो । विशेषगरी त्यो घटनाका मुख्य दोषी भनिएका दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । जसरी जहाँबाट पक्राउ गरेपनि त्यो ठीक छ ।
समय जसले जे भनेपनि उल्टो दिशामा हिँड्दैन । ठीकै छ,राजा नै चाहिएको भएपनि चुनावमा उठेर दुई तिहाइ मत ल्याएर संबिधान संशोधन पनि गर्न पाइन्छ । त्यसैले जनताको मतलाई अपमान गर्दै सडकमा मान्छे बटुलेर अराजक हर्कत गर्दैमा उन्मुक्ति दिने अभ्यास भयो भने यो देशमा जसले जे मन लाग्छ त्यही गर्दै जानेछ ।
त्यसैले प्रसाईहरुलाई वर्तमान सबिधानमा भएको फौजदारी व्यवस्था अनुसारको कारबाही हुनुनै पर्दछ । यो राजनीतिक हिसावको आन्दोलन पनि होइन र उनी राजनीतिक व्यक्ति पनि होइनन् । बरु सरकारमा रहेकाहरुले यस्ता अपराधमा संलग्नहरुलाई उन्मु्क्ति दिने अनि कतै कतै न्यायलयबाट समेत बद्मासी हुने हुँदा यसमा पनि यस्तो हुनसक्ला तर यसो गर्नुहुन्न । कानुनी राज्यको अभ्यास अपरिहार्य नै छ ।
















