काठमाडौं – काभा महिला नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । प्रतिस्पर्धात्म बनेको खेलमा इरानसँग नेपाल ३–२ को सेटले पराजित भएको हो ।अन्तिम तथा पाँचौ सेट नेपालले १५–१३ ले गुमायो । पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले जितेको थियो । त्यस्तै प्रतिस्पर्धात्म बनेको तेस्रो सेट नेपालले २५–२३ ले गुमाउँदा चौथो सेट भने २५–१५ ले जितेको थियो ।यसअघि नेपालले शनिवार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसअघि श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो ।
अब नेपालले लिग चरणको अन्तिम खेल सोमवार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।

Leave a Reply