निजगढ,जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले फरार प्रतिवादी नियन्त्रणमा लिएको छ। प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ बस्ने अन्दाजी ३८ वर्षको मकसुद अन्सारीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले अन्सारीलाई भदौ १९ गते पक्राउ गरेको हो ।जिल्ला अदालत बाराले अन्सारीलाई खोटा चलन कसुरमा दुई वर्ष कैद र ४ लाख ७३ हहजार ८०० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।अदालतको निर्णय पछि फरार रहेका अन्सारीलाई खोज तलास गर्दा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply