आरके राजन
सिम्रौनगढ,नियमित विद्युत् आपूर्तिको माग गर्दै बाराको पचरौता नगरपालिकाका स्थानीय आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीहरुले तेस्रो दिन सोमवार पनि नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढको मुल गेटअगाडि धर्ना दिएका थिए ।
आन्दोलनको नेतृत्व पचरौता नगरपालिकाका नगर प्रमुख जालन्धर सिंहले गर्नुभएको छ । उहाँ आफै स्थानीय उपभोक्तासंगै धर्नामा बसेर आन्दोलनमा उत्रिनुभएको हो ।

नेपाल विद्युत् प्राधिकरण सिम्रौनगढ उपवितरण केन्द्रले जानकारी बिना नै विद्युत काटने गरेको र स्थानीय उपभोक्ताले सास्ति बेहोर्नु परेकोभन्दै स्थानीयले आइतवारदेखि प्रधिकरण सिम्रौनगढ उपवितरण कार्यलयको गेटमा धर्ना दिदै आएका हुन् ।धर्नामा स्थानीय सयौंको सहभागिता रहको थियो ।गाउँमा लामो समयदेखि पानी नपरेर खडेरीको समस्या, खेती योग्य जमिनमासमेत रोपाइँ हुन नसकेको र पिउने पानीको समेत हाहाकार भएको र त्यसमाथि अनियमिति विद्युत आपूर्तिले सो समस्या अझ विकराल बनेकोभन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।उपभोक्ताहरुका अनुसार केहि समयका लागि लाइन आएपनि भोल्टेज कम आउने गरेकोले किसानले प्रयोग गर्ने कृषि मोटरसहित सबै विद्युतीय् उपकरणहरु ठप्प हुने गरेकोले नियमित विद्युत आपूर्तिको लागि आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाई छ ।

पीडितहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत बारा जिल्लाका विद्युत कर्मचारी विरुद्ध पनि नाराबाजी गरेका थिए । उनीहरुले कुलमान घिसिङ्ग मुर्दावाद, प्रादेशिक प्राधिकरण प्रमुख मुर्दावाद, सिम्रौनगढ प्राधिकरण प्रमुख मुर्दावाद, हाम्रो माग पुरा गर लगायतका नारा लगाउदै प्रर्दशन गरेका हुन ।उपभोक्ताहरुले नगरपालिकाको बतरा फिडर, पचँरौता फिडर र सिम्रौनगढ फिडरमा पूर्ण भोल्टेजमा नियमित विद्युत् सप्लाइ गराउन माग गरेका छन ।यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले मंगलवार पीडितहरुलाई वार्ताका लागि बोलाएको छ । स्थानीय प्रशासनले वार्तामा आउन आग्रह गरेलगत्तै आन्दोलनकारीले धर्ना स्थगित गरेका छन् । यद्यपि आफूहरुको माग सम्बोधन नभए पुनः आन्दोलनमा उत्रिने पचरौता नगरपालिकाका मेयर जलान्धर सिंहले बताउनुभएको छ । ।

Leave a Reply