काँग्रेस र माओवादीको सत्ता गठबन्धन एकाएक भत्किएपछि जनताको कुरा उठान हुने स्थान भनिएको प्रतिनिधि सभामा गत शुक्रवार गज्जबको दष्य देखिएको छ । सदनमा प्रतिपक्षमा हठात पुगेको काँग्रेसका सांसदहरुले सत्ताबाट आफू विमुख हुन परेको पीडा मात्रै पोखेका छन । आम नागरिकहरुका लागि सरकार कसले संचालन गर्छ भन्ने कुरा महत्वपूर्ण भएपनि सत्ताका लागि दलहरु संधै मारामार गरुन् भन्ने चैं छैन । जनताको कुरा पनि सदनमा उठोस् अनि आफ्ना समस्याहरु समाधान होस् भन्ने जनताको चाहना छ ।

तर, नेपालका राजनीतिक दलहरु भने जनताको कुरा भन्दा पनि आफ्नो स्वार्थ कसरी पूरा गर्न सकिन्छ र सत्तामा संधैभरी कसरी रहन सकिन्छ भनेर सोच्ने गर्दछन् । यसको उदाहरण शुक्रवारको सदनमा पनि देखिएको छ । न त नयाँ भनौं न पुराना भनौं कसैले पनि सदनमा जनताको कुरा उठाएको पाइदैन । अहिले जनतामा एक खालको राजनीतिक निराश्यता पलाएको अवस्था छ । दलहरु भने सरकारमै अल्झिरहेका छन् ।

यसले कसरी जनताको जीवन स्तरमा सुधार आउला र ?सरकार भनेको त प्राविधिक कुरा हो, कहिले कसैले चलाउछ कहिले कसैले चलाउछ । नेपालको सन्दर्भमा एउटै पार्टीले सत्ता संधै चलाउन पनि सक्दैन र यस्तो बहुमत कसैलाई छदा पनि छैन । त्यसैले प्रतिपक्षमा पुग्दैमा काँग्रेस अहिले आत्तिनु पर्ने अवस्था पनि छैन र कम्युनिष्टहरु उफ्रनु पर्ने पनि छैन । बरु जनताको कुरा दलहरुले उठाउनुपर्दछ तर यो विषयमा नेताहरु गम्भीर छदै छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here