कोल्हबी,राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बाराको कोल्हबीमा निर्वाचन केन्द्रित प्रशिक्षण भेला बिहीवार सम्पन्न भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल कोल्हबी नगर कमिटीको आयोजनामा भएको सो भेलामा नेकपा एमालेका पोलिटब्युरो सदस्य एंवम पूर्वमन्त्री पुरुषोत्तम पौडेलले आगामी निर्वाचनमा नेकपा एमाललाई विजयी गराउन युवाहरुले खेल्नुपर्ने भूमिकाको बारेमा प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियो । कार्यक्रममा बोल्दै नेता पौडेलले युवाहरु समाजको सबैभन्दा सचेत र जागरुक वर्ग भएकोले उनीहरुको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले नेकपा एमाले नै देशको सबैभन्दा प्रतगतिशील र जनपक्षीय पार्टी भएकोले एमालेलाई जिताउन युवाहरु थप सक्रिय हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य ढुन्डीराज उप्रेती, भरतबहादुर भण्डारी, रामकृष्ण घिमिरे, दिपिका शाह, जितबहादुर चौधरी, युवा संघ केन्द्रीय सदस्य तिलक घलान, एमाले कोल्हबी नगर कमिटी अध्यक्ष पुरनदेव चौधरी, बारागढी गाउँपालिकाका पालिका अध्यक्ष बिक्रान्त चौधरी, नारायण खड्कालगायतले बोल्नुभएको थियो ।
हरिनारायण चौधरीको सभापतित्वमा भएको सो कार्यक्रमको संचालन दिपेन्द्र सुवेदीले गर्नुभएको थियो । भेलामा बिरेन्द्र पनुहर स्वगत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

















