निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरीबाट वन मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले २८ बर्षिय मितात गुरो भन्ने मिलन गुरोलाई सोमवार दिउसो उनको घरबाटै पक्राउ गरेको हो ।

अदालतको फैसलापछि फरार रहदै आएका गुरोलाई आफ्नै घरमा फेला पारी पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीले जानकारी दिनुभयो । उनलाई जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागि वीरगन्ज कारागारमा पठाइएको छ ।

२०७९ साल साउन ५ गते बारा जिल्ला अदालतको फैसला आदेश अनुसार गुरोलाई वन मुद्दामा १ वर्ष कैद र नगद २० हजार २ सय ७५ रुपैया जरिवाना फैसला तोकिएको थियो ।

Leave a Reply