कृष्ण मोहन साह,

सेढवा, २७ कार्तिक– तिहार नजिकिदै जादा यतिबेला पर्साको ग्रामीण भेगमा जुवा खेलाउने गिरोह सक्रिय भएको छ ।

ग्रामिण भेगको जीराभवानी, ठोरी र पटेर्वासुगौली गाउँपालिकाका विभिन्न टोलहरुमा तास/जुवा खेलाउने कार्य तिव्रताका साथ बढेको पाइएको छ । यस क्षेत्रका सुवर्णपुर, सेढवा, नौकाटोला, परसवा, शंकरसरैया, देकुली, सुगौलीलगायतका गाउँहरुमा एक साताअघिदेखि नै तास र जुवाको ठुलाठुला खाल लाग्न थालेको स्थानीयले बताएका छन ।

गिरोहले गाउँका चोक, चौतारा तथा पसलको छेउमा तासका खाल लगाउने गरेका हुदा सर्वसाधारण तथा बालबालिकामा नकरात्मक असर पर्न गएको स्थानीय बुद्धिजिबीहरुको भनाइ रहेको छ ।

तासको खालमा ठूलो रकमको हारजित भएका हुदा घरघरमा परिवारिक कलहसमेत बढेको पाइएको छ । यो क्षेत्रमा जुवाडेहरु राती ९ः०० देखि बिहान ६ः०० सम्म जुवाको खालमा बस्ने गरेका छन ।

तास जुवा खेलाइने अवैध कार्यमा सशस्त्र तथा जनपथ प्रहरीले प्रत्यक्ष रुपले सहयोग गरेको पनि स्थानीयको गुनासो छ ।

Leave a Reply