वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय मल बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ माईदिया पोखरियास्थित एक घरबाट प्रहरीले भारतीय मल बरामद गरेको हो ।भन्सार छलेर ल्याइ कोठामा भण्डारण गरी राखेको अवस्थामा २६ हजार २५० रुपैयाँ बराबरको मल बरामद गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो ।उहाँकाअनुसार बरामद गरिएको मल आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।



















