कलैया,मधेस प्रदेशमा वर्षेनी ५ सयभन्दा बढी व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन्।
गत वर्ष प्रदेशको विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५ सय ३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीका अनुसार आर्थिक वर्ष २०८०-८१ मा ६ हजार ५८ वटा सवारी दुर्घटना हुँदा ५३० जनाको मृत्यु र २ हजार २४९ जना गम्भीर घाइते भएका छन्। यस्तै, सोही दुर्घटनामा परेर ७ हजार ४९६ जना साधारण घाइते भएको उहाँले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीका अनुसार गत आवमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको हो। गत वर्ष ८ हजार ५२९ वटा सवारीको दुर्घटना हुँदा सबैभन्दा बढी मोटरसाइकलको दुर्घटना भएको थियो ।यस्तै, ट्रक टेकंर २०२, टिपर ५१, डोजर, लोडर, स्काभेटर १२, बस १८५, माइक्रो ५१, जीप, कार ५८२, ट्याक्टर ३०२, टेम्पो ४६७, शा.स.चल्ने ७१४ र अन्य ३७ वटा सवारी दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ।आर्थिक वर्ष २०७९÷८० मा ५ हजार ९८८ वटा सवारी दुर्घटना हुँदा ५४६ जनाले आफ्नो ज्यान गुमाएका थिए। यस्तै, सो दुर्घटनामा परेर २ हजार २ सय जना गम्भीर घाइते भएका थिए भने ७ हजार ४७२ जना सामान्य घाइते भएको थियो ।

Leave a Reply