निजगढ, ३  मंसिर– बाराको कोल्हबी नगरपाकिला वडा नम्बर– २ स्थित नेपाल एग्रो प्रालिमा मंगलबार बिहान आगलागी भएको छ ।

 

आगलागीबाट करिव ३५ लाख रुपैया बराबरको धनमाल जलेर नष्ट भएको नेपाल एग्रो संचालक प्रदीप मैनालीले जानकारी दिनुभयो । आगलागीबाट उद्योगको मेसिन, तयारी र कच्च पदार्थसमेत जलेर नष्ट भएको बताइएको छ । संचालक मैनालीका अनुसार फिल्टर, मोटर लगायतका मेसिन र उत्पादनको क्रममा रहेका करिव ५ टन जिङ्क सल्फेट पनि जलेर नष्ट भएको हो ।

विधुत सर्ट भएर बिहान ६ बजेबाट सुरु भएको आगलागी स्थानीय बासिन्दा, सुरक्षाकर्मी र कोल्हवी नगरपालिकाबाट पुगेको वरुण यन्त्रको मद्दतमा नियन्त्रणमा लिइएको थियो । उद्योगले कृषि कार्यमा प्रयोग हुने जिङ्कसल्फेट उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here