काठमाडौं, वैशाख २ (एप्रिल १४, २०२६) — आगामी अप्रिल २०२६ मा रुवान्डा मा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रेस विज्ञप्तिमार्फत टोली सार्वजनिक गरेको हो। घोषित टोलीको कप्तानी इन्दु बर्मा ले गर्नेछिन् भने उपकप्तानको जिम्मेवारी पूजा महतो लाई दिइएको छ।
अनुभवी र युवा खेलाडीको समिश्रण रहेको टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त प्रदर्शन गर्ने अपेक्षा गरिएको क्यानले जनाएको छ।
घोषित टोली:
१. इन्दु बर्मा (कप्तान)
२. पूजा महतो (उपकप्तान)
३. बिन्दु रावल
४. सम्झना खड्का
५. रुबी पोखरेल
६. कविता जोशी
७. रिया शर्मा
८. रोमा थापा
९. कविता कुँवर
१०. सुमन बिष्ट
११. अनु कडायत
१२. मनिषा उपाध्याय
१४. रबिना क्षेत्री
नेपाली टोलीले यस प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य राखेको छ।

















