वीरगञ्ज,पर्साको ठोरी गाउँपालिकामा सर्पदंशमा परेर एक जना बालिकाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर १ मा सर्पको डसाइबाट एक जना बालिकाको ज्यान गएको हो ।ठोरीसंगै सिमाना जोडिएको माडी नगरपालिका वडा नम्बर ९ हनुमान झुला स्थायी ठेगाना भई हाल ठोरी बस्दै आइरहेकी एलिसा थिङको सर्पको डसाईबाट मृत्यु भएको हो ।हनुमान झुलाका विजय थिङ्गको ७वर्षीय छोरीको उपचारको क्रममा वीरगञ्जतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको हो । ठोरी–१ को घोल गाउँमा बस्दै आइरहेकी बालिका थिङ्लाई बिहीवार बिहान सर्पले डसेको थियो ।
उनी ठोरीकै एक नीजी विद्यालयमा अध्ययनरत थिइन् ।
















