कलैया,बाराबाट प्रहरीले १ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ ।प्रहरीले १ लाख २२ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो । प्रहरीले चलाएको जाँच अभियानको क्रममा जिल्लाको फरकफरक स्थानहरुबाट उक्त मूल्य बराबरको सामानहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम नायब प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

उहाँकाअनुसार इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा– १० नितनपुर चोकबाट १० हजार ५ सय मूल्यका सामान बरामद गरेको हो । वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेको बा प्र ०२ ००६ ख ५८५८ नम्बरको बसबाट ५० किलोग्राम चिनी र १०० किलोग्राम प्याज नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।यसैगरी महागढीमाई नगरपालिका– २ भनसियाबाट प्रहरी चौकी बरियारपुरको टोलीले बिआर ०५ के ५४१० भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित अन्दाजी ९० किलोग्राम ६ बोरा सुर्ती ७२ हजार मूल्यको नियन्त्रणमा लिएको प्रवक्ता न्यौपानेले बताउनुभयो । त्यसैगरी प्रहरी चौकी मुसहर्वाको टोलीले बिश्रामपुर गाउँपालिका– ३ मुसहर्वाबाट साइकलमा वाइरिङबोड ४० हजारको बरामद गरेको प्रहरीको भनाई छ ।बरामद सामानहरु आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply