चन्द्रपुर,आफ्नो पार्टीका नेता कुटिएको विरोधमा एमाले कार्यकर्ताहरुले रौतहटको गरुडामा चक्काजाम गरेका छन् ।
एमालेका मधेस प्रदेस कमिटीका सदस्यमाथि कुटपिट भएको घटनामा इलाका प्रहरी गरुडाले दोषिमाथि कारबाही गर्न चासो नदेखाएपछि एमालेका स्थानीयले कार्यकर्ताहरुले गरुडा चोकमा भेला भएर चन्द्रपुर– गौर सडक अवरुद्ध पारेका हुन् । घटनामा संलग्नलाई पक्राउ नगरेको उनीहरुको आक्रोश छ ।
एमाले मधेस प्रदेश कमिटीका सदस्य सेख करिमुल्लाहलाई बुधवार राती गरुडा चोकमा बसिरहेको अवस्थामा ७÷८ जनाको समूहमा आएकोमानिसहरुले कुटपिट गरि भागेका थिए ।कुटपिट गर्नेहरु पहिचान हुँदा पनि प्रहरीले पक्राउ गर्न बेवास्ता गरेको पीडित करिमुल्लाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले घटनाबारे इलाका प्रहरी गरुडाका डिएसपी राजकुमार त्वातीलाई जानकारी गराएको थिएँ, तर डिएसपी त्वातीले कुनै सुनवाइ गरेनन् ।’डिएसपी त्वातीले भने पीडितले प्रहरी कार्यालयमा जाहेरी नदिएर सडकमा चक्का जाम गरेको बताउनुभएको छ ।

















