हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिकाले गाउँ–गाउँमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्दै आएको छ । गाउँका सवै टोलमा पुग्न नसकेपनि वडाका केन्द्रमा गएर जेष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने गरिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले वताउनुभयो । जेष्ठ नागरिकहरु गाउँपालिका सम्म आइपुग्नका लागि पनि समस्या हुने र उनीहरुले पाउने सेवाका वारेमा समेत जानकारी दिने उदेश्यले यो अभियान गरिएको हो ।
गाउँपालिका भरीका वडामा पालै पालो संग जेष्ठ नागरिक परिचयपत्र वितरण गरिदै आएको वताउँदै अध्यक्ष लामाले भन्नुभयो–‘गाउँमै गएर जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गर्दै आएका छौ । परिचयपत्र पाउनु मात्र ठुलो कुरा होइन । प्राप्त गरिसकेपछी पाउने सेवा सुविधाका बारेमा विस्तृत रुपमा जानकारी दिएर मात्र आउने गरेका छौ ।’ परिचय पत्र प्राप्त गरिसकेपछी संघिय, प्रदेश र स्थानीय सरकारबाट जेष्ठ नागरिकले पाउने सेवा सुविधाका बारेमा जानकारी समेत दिने गरेको उहाँले वताउनुभयो ।