रौतहट,जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली काँग्रेसका रामअयोध्या राय यादव निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवार रामअयोध्याय समन्वय समितिको प्रमुखमा निर्वाचित हुनुभएको हो । प्रमुख पदमा यादवले २६ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार शेरबहादुर पटेलले ५ मत मात्रै प्राप्त गर्नुभयो । उपप्रमुखमा नेकपा एसका उम्मेदवार महेश बैठाको पक्षमा २६ मत र उहाँको प्रतिद्धन्दी एमालेकी प्रमिला देवको पक्षमा ५ मत परेको थियो ।

यस्तै सदस्यहरुमा मोज्जमिल्ल आलम, अशोककुमार झा, सर्पलाल प्रसाद यादव, कमलाकुमारी ढकाल, इन्दु देवी, विजलिया देवी र किरण देवी साह निर्वाचित हुनुभएको छ । दलित सदस्यमा किरणदेवी साह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रौतहटले जनाएको छ । जिल्ला समन्वय समितिको कुल ३६ मतदाता मध्ये नेपाली काँग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको गठबन्धनको पक्षमा २४ मत रहेको थियो । गठबन्धनबाट नेपाली कांगं्रेशको भागमा प्रमुख सहित ५ सदस्य, नेकपा एसको उपप्रमुख सहित ३ सदस्य र नेकपा माओवादीको भागमा १ सदस्य परेको थियो ।
यसैबीच रौतहटको गरुडा नगरपालिका ८ मा रहेको श्री रामचन्द्र माध्यमिक विद्यालयको दुईकोठे पक्की भवनको सोमवार शिलान्यास गरिएको छ ।

एक कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनीप्रसाद जैसवालले भवनको शिलान्यास गर्नुभएको हो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत श्री रामचन्द्र माध्यमिक विद्यालय बसबिटी जिंगडियामा दुई कोठे पक्की भवनको शिलान्यास गरिएको हो ।

शिल्यान्यास कार्यक्रममा विद्यालयका छात्र, छात्राहरुले नवनिर्वाचित नगर प्रमुख कन्थमणी जैसवाल र उपमेयर पुनम कुमारी चौधरीलाई फूलका गुच्छा प्रदान गरेर सम्मान गरेका थिए । करिब १८ लाखको लागतमा सो भवनको निर्माण सम्पन्न हुने बताइएको छ । गरुडा नगरपालिकामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पक्की भवन निर्माणतर्फ चालू आर्थिक वर्ष २०७८÷७९ का लागि २ ओटा सामुदायिक विद्यालय छनौटमा परेका थिए ।

जसमध्ये गरुडा नगरपालिका वडा नम्बर २ मा रहेको गेडही माविको ४ कोठे पक्की भवनको यसअघि नै शिलान्यास भइसकेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद यादवले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here