राजन कुमार बानिया

पोखरिया,जनता समाजवादी पार्टी नेपालका युवा नेता शिवकुमार साहले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सखुवा प्रसौनी गाउँपालिकाका प्रधानाध्यापक भरत गिरीलाई २५ हजारको चेक हस्तान्तरण गरेका छ्न ।

श्रीदेबीमाई आधारभूत विद्यालय लखनपुरमा भएको कक्षा ११ भर्नाअभियान तथा अन्तरक्रियामा कक्षा ११ र १२ संचालनार्थ सहयोग गरिएको नेता साहले बताउनुभयो । आफूले समाज सेवा एवं शिक्षा विकासको निम्ति विभिन्न कामहरु गर्दै आएको बताउनुभयो । उहाँले कोरोनाकालमा सर्वसाधारणलाई राहत वितरण, रक्तदान, वृक्षारोपण, कुलो सरसफाइ, विद्युत पोल जडान, सडक मर्मत लगायतका समाजिक सेवामा आर्थिक सहयोग गरेको र भविष्यमा पनि यस्ता कार्य जारी राख्ने प्रतिबद्ध जाहेर गर्नुभएको छ ।

विद्यालयमा कक्षा ११ र १२ संचालनको लागि पालिका एवं नजिकका अन्य वडा कार्यालयबाट पनि सहयोग प्राप्त गर्ने अपेक्षा गरिएको र सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मुन्ना राउत कमकरले पनि वडा कार्यालयको बजेटबाट १ लाख ११हजार सहयोग गर्ने जानकारी दिनएको प्रधानाध्यापक गिरीले बताउनुभयो ।

गाउँपालिका वडा नम्बर ६ लखनपुरका वडा अध्यक्ष कमकरको अध्यक्षता एवं जनता समाजवादी पार्टी नेपालका युवा नेता शिवकुमार साहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महुवन अस्पतालका इन्चार्ज सरोज गिरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा महुवनका सभापती जादु साह तेली, शिक्षक दिनेश साह, चन्दन साह तेलीलगायत विद्यालयका अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन शिक्षक सोनालाल यादव एवं स्वागत मन्तव्य रामबहादुर यादवले व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here