हेटौंडा – नेपाल सडक मजदुर ट्रेड युनियनको छैठौ राष्ट्रिय महाधिवेशन हेटौंडामा सुरु भएको छ । सडक मजदुरका वषौदेखिका समस्या पोख्दै महाँधिवेशन हेटौंडामा भईरहेको हो । देशभरका पाँच हजार सडक मजदुरका एक सय ८ जना प्रतिनिधि हेटौंडामा भेला भएका हुन् । उनीहरुले आफ्ना समस्या राख्दे आएका छन् ।
सवै मजदुरलाई सरकारले हेरे पनि सडक मजदुरलाई सरकारले उपेक्षा गरेको उनीहरुको गुनासो छ । युनियनका केन्द्रीय अध्यक्ष निराजन पाण्डेको अध्यक्षता तथा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख सुमन योगेशको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ठ, युनियनका क्षेत्रिय अध्यक्ष महेन्द्र श्रेष्ठ, सडक कार्यालयका इन्जिनियर नरेश प्रसाद केसरी, दिपक कुमार झा, डिभीजन उपाध्यक्ष प्रकाश चौलागाई, भक्तपुर डिभीजनका सडक मजदुर विष्णु प्रसाद अधिकारी, सुर्खेत डिभिजनका मजदुर मानबहादुर साही, सडक डिभिजन धनकुटा अन्तरगतका मजदुर तोरण मगर लगायतकाले आफ्ना समस्या राखेका थिए । देशैभरी ५ हजार सडक मजदुर कार्यरत रहेका छन् ।