कोल्हवी, १४ साउन– नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको ३ वर्ष बितिसक्दा पनि स्थानीय स्तरमा कमिटी गठन हुन नसकेको र आम कार्यकतामा अन्यौल बढिरहेको बेला मगलबार नेकपाले कोल्हवीमा नगर स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
कर्यक्रममा कोल्हवी– १ बभनीका भुवन चौधरी र महालक्ष्मी पनुहर नेपाली काँग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नुभएको छ । नवप्रवेसीहरुलाई नेकपाका केन्द्रीय सदस्य एंव कार्यक्रमका प्रमुख अतिथि बलवीर चौधरीले फुलमाला र अबिर लगाएर स्वागत गर्नुभएको थियोे ।
नेपाली काँग्रेस जातिवाद, नातावाद, व्यक्तिवाद र कृपावादको सिद्धान्तबाट चल्न थालेकाले परित्याग गरी आफुहरु नेकपामा प्रवेश गरेको भुवन चौधरीले बताउनुभयो । उहाँले नेपाली जनताको दुःख, सुखमा काँधमा÷काँध मिलाएरअघि बढने उद्देश्यले आफु नेकपामा प्रवेस गरेको पनि उहाँले बताउनुभयो ।
पार्टी प्रवेस कार्यक्रममा बोल्दै नेकपा बारा जिल्ला इन्चार्जसमेत रहनुभएका नेता चौधरीले नेकपा नेपाली जनताको मिहिनेतबाट निर्माण भएको भन्दै पार्टीमा कुनै हालतमा पनि व्यक्तिवाद हावी हुन नहुने बताउनुभयो । उहाँले श्रमजिवीहरुले रगत पसिना बगाएर निर्माण गरेको पार्टीमा कसैलाई पनि जनताको भावना विपरित काम गर्ने छुट नभएको बताउनुभयो ।
भेलाले पृथ्वीराज शिवाकोटीको अध्यक्षतामा ८१ सदस्यीय नेकपा कोल्हवी नगर कमिटीसमेत गठन गरेको छ । कमिटीको सचिवमा चिरण काफ्ले रहनुभएको छ । भेलामा प्रदेश कमिटी सदस्य तपेश्वर चौधरी, छविलाल उप्रेती र जिल्ला कमिटी सदस्य ढुण्डीराज उप्रेती, छविलाल चौधरी रामचन्द्र साफीले पार्टी एकता र संघठन निर्माण बारे बोल्नुभएको थियो ।
कार्यक्रममा नेकपा प्रदेश नं.२ का प्रदेश कमिटी सदस्य दिप पराजुली, कल्याणी चौधरी, केवलप्रसाद चौधरी, कोल्हवी नगर प्रमुख भरतबहादुर भण्डारी, शिवनारायण चौधरी, रामचन्द्र साफी, कल्याणी बिमली, ज्ञानु के.सी. र युवा संघ नगर कमिटीका संयोजक हरिनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो । जिल्ला कमिटी सदस्य केवलप्रसाद चौधरीले नगर कमिटी पदाधिकारी र सदस्यहरुको नामावली घोषणा गर्नुभएको थियो ।