जियालाल चौधरी,

कोल्हवी,तामागढी– सिम्रौनगढ सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा शनिवार एक जनाको मृत्यु

तामागढीबाट डेड किमी दक्षिणतर्फ पर्ने मोडमा प्रदेश २–०३–००७–प. २३४९ नम्बरको होण्डा साइन मोटरसाइकल र म.प्र.०३–०२३प.३३३४ नम्बरको अपाचे मोटरसाइकल एकअपसमा ठोक्किदा होण्डा साइन मोटरसाइकलमा सवार रौतहटको बौधिमाई नगरपालिका वडा न. ५ कोपवा निवासी अजयकुमार यादवको घटना स्थलमा नै मृत्यु भएको छ भने अपाचे मोटरसाइकलमा सवार बारागढी गाउपालिका वडा न. ५ सिहासनी निवासी सन्जय चौधरी गम्भीर घाइते भएका छन । बिहान करिव ११ः१५ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि मृत्यु भएका यादवको शव जिल्ला अस्पताल कलैयामा पोस्ट–मार्टमका् लागि पठाइएको छ भने घाइते चौधरीलाई सिटी अस्पताल निजगढमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply