सिमरा,बाराको जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृत सरुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन आदेश (स्टे अर्डर) दिएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफूलाई मापदण्ड विपरित सरुवा गरेकोभन्दै प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले मंगलवार सर्वोच्च अदालतमा विरुद्ध रिट दायर गर्नुभएको थियो ।
रिटको सुनुवाई गर्दै बुधवार एकल इजलासले उत्प्रेषणको आदेश दिएको हो । दुई महिनाअघि जीतपुरसिमरा आउनुभएकी काफ्लेको सरुवा गर्दै मन्त्रालयले चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।
उपमहानगरपालिकाको १०औं नगर सभामा प्रमुख प्रशासकीय अधिकृत काफ्ले खेलेको भूमिकालाई लिएर उपमेयर भोलाप्रसाद अधिकारी नेतृत्वमा रहेका नेकपा एमाले, नेपाली कांग्रेस र लोसपाबाट नगर सभामा निर्वाचित जनप्रतिनिधि असन्तुष्ट छन् । काफ्लेको सरुवा विरुद्ध मेयर राजन पौडेलले मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत पत्रचार गर्दै निर्णय बदर गराउन माग गर्नुभएको छ ।

















