कृष्णउदास खनाल
वीरगन्ज,मुलुुकको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको छ ।योसंगै विगत दुई आर्थिक वर्षमा लगातार यो कार्यालय लक्ष्य अनुसारको राजश्व संकलनमा असफल भएको हो । गत आर्थिक वर्षका लागि भन्सार विभागले यस कार्यालयलाई रु.दुई खर्ब,४५ अर्ब, ८८ करोड,५० लाख, ८२ लाख राजश्व संकलनको लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले जम्मा एक खर्ब, ५७ अर्ब, ४० करोड,३१ लाख, २८ हजार संकलन गर्न सफल भएको छ । यो लक्ष्यको तुलनामा करिब ६५ प्रतिशत राजश्व संकलन हो ।

देशमा देखिएको आर्थिक मन्दी तथा यातायातको साधनको आयात आएको कमीका कारण लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको भन्सारका अधिकारीहरुको दाबी छ । यो कार्यालयले सबैभन्दा बढी मुल्य अभिबृद्धि करबाट यो वर्ष ६६ अर्ब, ७५ करोड, ८४ लाख रुपैयाँ राजश्व संकलन गरेको छ भने भन्सार महसुलबाट ५८ अर्ब, २७ करोड, ९९ लाख,५३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
असार महिनामा मात्र उसले १५ अर्ब,५० करोड, ४७ लाख,५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । भन्सार विभागले असारका लागि यो कार्यालयलाई २१ अर्ब, २६ करोड, ८४ लाख, ५६ हजारको लक्ष्य दिएको थियो ।
वीरगञ्ज भन्सारले गत आर्थिक वर्षमा सबैभन्दा बढी गत साउन महिनामा मात्र सबैभन्दा धेरै ७५ प्रतिशत राजश्व संकलन गरेको थियो । अन्य महिनामा भने निकै कम राजश्व संकलन गरेका कारण लक्ष्य भेट्याउन नसकिएको भन्सारले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

















