निजगढ,युथ अफ निजगढले निजगढ नगरपालिका वडा नम्बर १० लालकी आगलागी पिडीत एकजना महिलालाई नगद सहयोग गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी क्लबले आगलागीबाट पिडीत निजगढ नगरपालिका वडा नम्बर १० लाल गाउँकी मोतिमाया स्यातानलाई नगद ११ हजार १ सय ११ रुपैया सहयोग गरेको हो । गत जेठ ३ गते राति ३ बजे स्याङ्घतानको घरमा विद्युत लाइन सर्ट भै लागेको आगोले घरसहित घरमा रहेको किराना पसलसमेत जलेर नष्ट भएको थियो । आगलागीबाट लगभग ८ लाख बराबरको धनमाल नष्ट भएको र २ तोला सुन पनि जलेको थियो ।

राहत सहयोग कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष पद्मबहादुर मोक्तान, युथ अफ निजगढका सल्लाहकार भाइकाजी श्रेष्ठ, युथअफ निजगढका अध्यक्ष ईराज कोईराला, उपाध्यक्ष उषा थापा मोक्तान, महासचिब प्रकास काफ्ले, सचिब कमल पराजुली, पुर्वअध्यक्ष खड्गराज मैनाली र सदस्यहरु सुदिप तिमल्सिना, रमेस अधिकारी, कमल बजगाई, रबि सापकोटा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमा बोल्नुहुदै वडा अध्यक्ष मोक्तानले युथ अफ निजगढको यो सहयोगले पिडत परिवारलाई ठुलो राहत पुगेकोे बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here