निजगढ,महिला बेपत्ता बनाएको मुद्दामा १५ वर्ष कैद सजायको माग गरिएका ‘तपस्वी’ भनिएका बाराको निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्गजोरका रामबहादुर बम्जनलाई नुवाकोट जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको छ। उनलाई छुट्टै अर्को मुद्दा दायर गर्नका लागि सिन्धुपाल्चोक लगिएको छ।

नुवाकोट प्रहरीले व्यक्ति बेपत्ता सम्बन्धी कसुरमा आरोपित बम्जनमाथि १५ वर्ष कैद सजाय र पाँच लाख रुपैयाँ जरिवानाको माग गर्दै मुद्दा दायर गरेको थियो। जिल्ला अदालतमा थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले बम्जनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।प्रहरीले बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखेर अनुसन्धान गरेको थियो। उनको पटकरपटक सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिइएको थियो।

२०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका–३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि बम्जनमाथि मुद्दा दायर गरिएको थियो।यसअघि सर्लाही जिल्ला अदालतले बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै बम्जनलाई १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।नुवाकोटको म्यागङकी महिला बेपत्ता बनाएको छुट्टै उजुरीमाथि छानबिन र बयानका लागि बम्जनलाई प्रहरीको विशेष टोलीले तीन साताअगाडि महोत्तरी हुँदै नुवाकोट लगेको थियो। कडा सुरक्षाको साथ उनलाई सिन्धुपाल्चोक पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here