हुन त नेपालमा राजनीति नहुने ठाउँ कहाँ नै छ र, सबैतिर कुनै न कुनै हिसावले राजनीति हुने गरेको छ र भइरहेको पनि छ । तर, नेपालमा रहेका कतिपय यस्ता संरचनाहरु छन्, जहाँ राजनीति नगरेको एकदमै राम्रो हुनेछ तर जनतले जति भने पनि राजनीति नभएको ठाउँ कही छदै छैन । हुन त दशक अगाडि राजनीतिक हस्तक्षेपबाट नै नेपाल विधुत प्राधिकरणभित्र भएको अनियमितता सार्वजनिक भएको थियो र केही हदसम्म यो रोकिएको पनि थियो । १८ घण्टा देशलाई लोडसेडिंगमा धकेलेर आफू मस्त उज्यालोमा यिनै मध्येका केही राजनीति दल र नेता बसेका नै थिए ।
आवश्यक पर्दा राजनीतिक हस्तक्षेप जायज भएपनि सबै र संधै चैं जायज मानिदैन । पछिल्लो समय यस्तै कुरा आएको छ । हो, नेपाल विधुत प्राधिकरणमा अझै पनि समस्या छ । अहिले पनि प्राधिकरणमा अनियमितता छैन भन्न नसएिला तर सुधार भने धेरै भएको छ । सरकार फेरिएसंगै प्राधिकरणका कार्यकारी प्रमुखमाथि दबाब दिने गरेको कुरा पनि आएको छ ।
बक्यौता रकम नतिर्ने उद्योगहरुका सवालमा प्राधिकरण बढी आक्रामक भएको देखिन्छ तर यसैमा सरकारले हस्तक्षेप गरेको कुरा आएको छ । अझै सरकार फेरिएसंगै प्रधानमन्त्री पदमा पुग्न भएका केपी शर्मा ओलीले बढी दबाब दिएको पनि कुरा आएको छ । यस्तो नगरौं, विधुत प्राधिकरणलाई आफ्नो हिसावले चल्न दिऔं । जथाभावी राजनीतिक हस्तक्षेप नगरौं । जथाभावी हस्तक्षेप गरिँदा भोलि यसको गरिमा घट्नेछ र फेरि पुरानै पारामा प्राधिकरण जाने खतरा पनि रहनेछ ।
















