काठमाडौं,नेकपा एसका नेताहरुले अध्यक्ष माधवकुमार नेपाललाई पार्टीको आन्तरिक एकता जोगाइ राख्न भन्दै दुई बुँदे ज्ञापन बुझाएका छन् ।जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताले सोमवार माधव नेपाललाई केन्द्रीय कार्यालयमा भेटेर ज्ञापन पत्र दिएका हुन् ।नेकपा एसका १ सय जनाभन्दा बढी नेताको समर्थनमा अध्यक्ष नेपाललाई सो ज्ञापन पत्र बुझाइएको हो ।पत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी अवैध रहेको जिकिर गरिएको छ । पदाधिकारी र पोलिटव्युरो निर्वाचन खारेज हुनुपर्नेलगायत ज्ञापन पत्रमा माग गरिएको छ ।