निजगढ,निजगढ– काठमाण्डौं द्रुतमार्गको सुरुङ्ग खन्ने क्रममा ढुङ्गाले लागेर बाराको निजगढ नगरपालिकाका एकजना श्रमिकको ज्यान गएको छ ।सोही घटनामा अर्का एकजना पनि घाइते बनेका छन ।मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा नम्बर १२ चालिसे डाँडास्थित फास्टट्याकको सुरुङ्ग खन्ने क्रममा सुरुङ्गभित्र खसेको ढुङ्गा लागेर निजगढनगरपालिका वडा नम्बर १२ घर भएका अन्दाजी २८ वर्षिय विमल थिङ्गको बुधवार साँझ सबा ५ बजे ज्यान गएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।त्यसैगरी सोही स्थानमा सुरुङ्ग खन्ने क्रममा तनहुँ जिल्ला घर भएका वर्ष २८ का राजु विक पनि ढुङ्गा लागेर गम्भीर घाइते भएका छन । उनको ढाँड र कम्मरमा चोट लागेको प्रहरीले बताएको छ । घाइते विकको हेटौडास्थित चुरे हिल अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply