बाराको निजगढ नगरपालिका ९ को बुद्धचोकस्थित गुरुङ्ग होटलमा शंकास्पद अवस्थामा मृत फेला परेकी सीता थिङ्ग हत्याको विषयमा प्रहरीले अनुसन्धानलाई फराकिलो बनाएको पाइएको छ ।
त्यो जघन्य अपराधमा संलग्नहरु जो भएपनि कारबाही हुनुपर्दछ र प्रहरीले अभियोगमा पक्राउ परेका व्यक्तिहरुको पोलिग्राम टेष्ट गर्ने तयारी पनि गरिरहेको छ । घटनाको अनुसन्धान गरिरहेको निजगढ प्रहरीले पक्राउ परेका मृतक १९ वर्षिया सीताका पुरुष साथी महेश माझी, महेशका अर्का साथी सुनिल बोम्जन र अनु विकले दिएको बयानको सत्यता पत्ता लगाउन पोलिग्राम टेष्ट गर्ने प्रहरीले तयारी गरिरहेको छ । पोलिग्राम टेष्टको लागि अभियुक्तहरुलाई मंगलवार नै प्रहरीको विधिविज्ञान प्रयोगशाला काठमाण्डौंमा पठाएपछि पीडित परिवारले न्यायको आशा गरेको छ ।
पोलिग्राम टेस्ट कुनै व्यक्तिले बोल्दा शरीरमा देखिने प्रतिक्रियाहरू मापन गरेर उसले सत्य वा झुट बोलिरहेको छ भन्ने अनुमान गर्न प्रयोग गरिने प्रविधि हो । अपराधीहरुले झुटो बोल्न सक्छन् । परीक्षणका क्रममा व्यक्तिको शरीरमा विभिन्न सेन्सर जडान गरिन्छ । ती उपकरणले मुटुको धड्कन, रक्तचाप, सास फेर्ने गति, पसिना आउने मात्रा वा छालाको विद्युत प्रतिक्रियाको मापन गर्छ । पोलिग्रामले कुनै व्यक्तिले झुट बोलेको कुरा प्रत्यक्ष प्रमाणित नगर्ने तर बोल्ने क्रममा व्यक्तिको शरीरको प्रतिक्रिया असामान्य देखियो भने त्यसको मात्रै संकेत दिने गर्दछ ।
धेरै देशका अदालतहरूले यसलाई अन्तिम प्रमाण मान्दैनन् । तर पोलिग्रामलाई अनुसन्धानमा सहयोगी उपकरणको रुपमा भने लिने गरिएको छ । गत शुक्रवार साँझ होटलमा पुगेकी निजगढ १२ कुलिया गाउँकी सीताको शव राति ११ बजे होटलमा फेला परेपछि त्यस क्षेत्रका स्थानीयहरुले एक खालको चिन्ता र त्रास बढेको छ । त्यसैले गर्दा पनि अभिभावकहरुमा पनि पीडा छ । त्यसैले यो घटनाको सत्य सथ्य कुरा सार्वजनिक हुन आवश्यक छ ।















