नरेश गुप्ता
बरियारपुर –  केही सार्वजनिक  अपराध मुदामा  जरिवाना  ठहर भैइ फरार रहेको दुई प्रतिबादिलाई बारा प्रहरीले  पक्राउ  गरेको छ ।  समानित बारा जिल्ल अदालतको बि स २०७३ जेष्ठ १ गतेको फैसला आदेशले जनही रु ४,८००/ को लागि फरार रहेको निजगढ नगरपालिका १३ बस्ने ईमान सिह घलानको छोरा बर्ष २२ को प्रकाध घलान ,त्यसैगरी सोहि ठाउँ बस्ने श्यमबहादुर प्रधानको छोरा बर्ष २३ को मनोज प्रधानलाई ईलाका प्रहरी कार्यलय निजगढको टोलिले लुकिछिपी रहेको अवस्थामा उनिहरुलाई पक्राउ  गरिएको हो ।
पक्राउ  परेका दुबै जना प्रतिबादिलाई बारा जिल्ला अदालतमा प्रस्तुत गरेकोमा आफुलाई ठहर भएको रकम दाखिला गरि  छुटेका बाराको प्रहरी  प्रवक्ता गौतम मिश्रले बताउनु भयो । बारा जिल्ला  अदालत र जिल्ला  प्रहरी  कार्यलय बाराले फरार सुचिमा रहेका अपराधीहरुको खोजी कार्य जारी राखेको बाराको प्रहरी  प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here