निजगढ,निजगढ ९ स्थित बकैया ठाकुर सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिका पदाधिकारीहरु सर्वसम्मत चयन गर्न भनेर फेरि पनि ७ दिनको समय थप गरिएको छ ।निर्वाचन समितिको आइतवार दिउसो बसेको बैठकले सर्वसम्मतिमा नेतृत्व चयन गर्नको लागि भनेर ७ दिन समय थप गर्ने निर्णय गरेको समितिका संयोजक रामजी बजगाईले जानकारी दिनुभयो ।

अघिल्लो शनिवार भएको साधारण सभाले सर्वसम्मत रुपमा नयाँ कार्यसमितिका पदाधिकारी र सदस्य चयन गर्न नसकेपछि पहिलो पटक एक साताको समय दिएर सर्वसम्मतिको प्रयास थालेको थियो । पहिलो पटक तोकिएको समय शनिवार समाप्त भएपछि समितिले दोस्रो पटकको लागि पनि एक साताको समय थप गरेको हो ।यो अवधिमा पनि सर्वसम्मत हुन नसकेको अवस्थामा मतदानमार्फत नयाँ कार्यसमितिको चयन गरिने समितिका संयोजक बजगाईले जानकारी दिनुभयो । साधारण सभामा समूहको १ जना अध्यक्ष पदको लागि ८ जनाले दाबी गरेका छन । त्यसैगरी समितिको अन्य पदमा समेत आवश्यकताभन्दा बढीले आकांक्षा देखाएपछि निर्वाचन समितिले सर्वसम्मतिको लागि भन्दै चिर्वाचन प्रकृया स्थगित गर्दैआएको छ ।

साधारण सभाले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने र सोको लागि सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष बजगाई संयोजक रहेको ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

Leave a Reply