काठमाण्डौं,पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा आफ्नो पुनरागमन नेकपा एमालेको नेतृत्व लिनकै लागि भएको बताउनुभएको छ ।टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै भण्डारीले अहिले नै घोषणा गर्ने समय आइनसकेको तर आफू एमालेको अध्यक्ष बन्नकै लागि राजनीतिमा फर्किएको बताउनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफूले यो कुरा भनिसकेको र पार्टी सदस्यता लिइसकेको उहाँको भनाई छ ।
सक्रिय राजनीतिमा फर्केको घोषणा गरेपछि आम सञ्चार माध्यममा पहिलो पटक इमेज टेलिभिजनका पत्रकार जगदिश खरेलले पूर्वराष्ट्रपति भण्डारीलाई तपाई एमालेमा फर्किनुको लक्ष्य अध्यक्ष बन्न हो भनेर प्रश्न गर्नुभएको थियो । तपाईंले भनेको कुरामा सत्यता छ । ११ औं महाधिवेशन तोकिएको छैन । तर यो सार्वजनिक बहसको विषय भइसक्यो । मेरो कुरा त्यही लाइनतिरै जान्छ । समय आउनुप¥यो नि, जबाफमा उहाँले भन्नुभएको छ ।दुई कार्यकाल राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा फर्केर अब प्रधानमन्त्री बन्ने हो भन्ने खरेलको प्रश्नमा भण्डारीले आफू सबै विकल्पका लागि खुला रहेको बताउनुभएको छ ।

Leave a Reply