नेपालमा कोरोना भाइरसबाट शनिबारसम्म तीनजना नेपालीहरुको ज्यान गएको छ ।
करिब एक महिना अगाडिसम्म नेपालमा एक सयको हाराहारीमा मात्रै कोरोनाको संक्रमितहरु रहेका थिए तर जेठको अन्तिम सातासम्म आइपुग्दा नेपालमा कोरोनाबाट संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ ।
संक्रमितहरुको संख्या मात्रै बढिरहेको छैन साथमा ज्यान गुमाउनेहरुको पनि संख्या पनि बढेको छ । नेपालमा शनिबारसम्म तीनजनाको कारोनाबाट ज्यान गएको छ ।
कोरोनाबाट नेपालमा ज्यान जादैन होला भन्नेहरुको तर्क पनि उलेख्य थियो तर अब यो तर्कले हावा खाइसहेको छ । त्यसो त नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दैन भन्नेहरुको तर्क पनि थियो अब त्यसले पनिज हावा खाएको छ । त्यसैले अब नेपालमा सामुदाय स्तरमा नै कोरोना भाइरस फैलिएको पुष्टी भइसकेको छ ।
मुलतः बढी नेपालीहरु क्वारेन्टीनमा रहदा ज्यान गुमाउन परेको छ । सरकारको फितलो नीतिका कारण पनि नेपालीहरुले कोरोनका कारण ज्यान गुमाइरहेका छन् ।
अझै धेरै नेपालीहरुले मृत्युपछि मात्रै कोेरोना भएको परिवारका सदस्यहरुले थाहा पाउजनु परेको छ यो भन्दा पीडाको कुरार लाजमर्दो कुरा केही हुन सक्दैन । यसैले पनि अब आम नागरिकहरुको ज्याजन जोगाउन तर्फ सरकारको नीति बन्न आवश्यक छ र मान्छे मर्नेक्रम अब रोकियोस् ।