कलैया,बैंकिङ कसुरका फरार एकजना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।बाराको बारागढी गाउँपालिका वडा नं. ४ बस्ने धर्मराज महरालाई प्रहरीले पक्राउ गरेको हो । फैसला कार्यान्वयनको सिलसिलमा तथा फरार प्रतिवादी पक्राउका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले महरालाई मंगलवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।महरालाई आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको बारा प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।बैंकिङ कसुरको आरोपमा महरालाई बारा जिल्ला अदालतले २०७८ साउन २४ गते १७ लाख रुपैयाँ जरिवाना र १ महिना ५ दिनको कैद सजाय सुनाएको थियो । पक्राउ परेका महरालाई अदालतको आदेशानुसार जरिवाना असुल उपर गराउन र कैद भुक्तानीको लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply