वीरगञ्ज,नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा चढेको गाडी दुर्घटनामा परेको छ । महासंघ प्रदेशका महासचिव बन्जारा चढेको गाडी सोमवार दिउँसो सिमरामा दुर्घटनामा परेको हो ।सिमराबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ छ १८६५ नम्बरको गाडीलाई सोही दिशाबाट वीरगञ्जतर्फ आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दिदाँ दुर्घटना भएको हो ।
दुर्घटनामा परी पत्रकार बन्जारसहित उहाँको श्रीमती पनि घाइते भएकी पत्रकार केसी लामिछानेले बताउनुभयो । घाइते दुबै जनाको वीरगञ्जस्थित हेल्थ केयरमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
ठक्कर दिने नम्बर नखुलेको २ वटा प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।



















