निजगढ,निजगढ नगरपालिकामा तेश्रो लहरका कोरोना भाईरस महामारीका संक्रमित देखा परेका छन । नेपालभरि दिन प्रतिदिन तेश्रो लहरका कोरोना संक्रमित थपिने क्रम रहेको बेलामा निजगढमा समेत तेश्रो लहरका २० जना संक्रमित देखा परेका हुन ।

पछिल्लो ३ दिनमा मात्रै निजगढमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । निजगढ नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको एन्टिजेन परीक्षणमा १२ जनामा कोरोना पुष्टि भएको हो ।

निजगढमा गरिएको कोरोना परिक्षणमा ८० प्रतिशत भन्दा बडीमा कोरोना देखिएसंगै निजगढ उच्चजोखिममा रहेको देखिएको प्राथमिक स्वास्थ्य केन्द्रका सहायक ल्याब अधिकृत राजेन्द्र लामाले बताउनुभयो ।

यो तथ्याङ्क स्वास्थ्य केन्द्रमा आएर परीक्षण गर्नेको मात्रै हो । पछिल्लो समयमा निजगढमा कोरोनाको जस्तै लक्षणहरू जस्तै ज्वरो, रुघा खोकी लागेको व्यक्तिहरुको संख्या समेत दिन प्रतिदिन थपिदै गएको छ । तेश्रो चरणको प्रकोपका कारण निजगढ नगरपालिकामा कोरोनामा हालसम्ममा ३० जनामा कोरोना परीक्षण गर्दा २० जनामा कोरोना सक्रमण पुष्टि भइसकेको छ भने नगरभित्रमात्रै १२ जना सक्रिय सक्रमित छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here