बसन्त लामा

सिंगौल,सिंगौलका लक्षित वर्गहरुका लागि लागुऔषध दुव्र्यसनी दुरुत्सहान तथा युवा प्रतिभा पहिचान प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।निजगढ नगर कार्यपालिका कार्यालयको आर्थिक सहयोग र सामाजिक स्वास्थ वातावरण तथा विकास केन्द्र निजगढको आयोजनामा कार्यक्रम भैइरहेको हो ।निजगढ नगरपालिका वडा नम्बर २ मा रहेको सामुदायिक भवनमा निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ लाई समेटेर आयोजना गरिएको ५ दिने कार्यक्रम सोमवारबाट संचालन भएको हो ।निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको प्रमुख आतिथ्यमा ५ दिने लागुऔषध दुव्र्यसनी दुरुत्सहान तथा युवा प्रतिभा पहिचान प्रशिक्षण कार्यक्रमकोे गर्नुभएको थियो ।उद्धाटन कार्यक्रममा बोल्दै उपप्रमुख थिङ्गले समाजका युवाहरु दिनप्रतिदिन लागुऔषध दुव्र्यसनीमा फस्दै गइरहेको र समाजमा परेको नकारात्मक असरको न्यूनीकरण गर्ने उद्देश्यले निजगढ नगरपालिकाले तालिममा सहयोग गरेको बताउनुभयो । तालिमबाट दुव्र्यसनी न्यूनीकरणको लागि मद्दत पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।उद्धाटन कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, २ का कार्यवहाक वडा अध्यक्ष पुष्कर खडका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना, कार्यपालिका सदस्य मानबहादुर डाँसेली र फुलमाया लोप्चनको पनि सहभागिता रहेको थियो ।त्यसैगरी कार्यक्रममा वडा नम्बर १ का समाजसेवी संगम लोप्चन, वडा नम्बर २ का धनबहादुर थापा, कान्तलाल धामी, प्रहरी चौकी सिंगौलका इन्चार्ज, लोकप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक मुकुन्द बिष्ट, समाजसेवी सीता मैनाली पनि कार्यक्रममा उपस्थित रहनुभएको थियो ।प्रशिक्षणमा खडकबहादुर श्रेष्ठ, बिक्रमराज लामा, बिबेक र रुद्र धितालले समेत सहजीकरण गर्नुहुने छ ।कार्यक्रममा मोहनबहादुर डिसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ का ३० जना स्थानीय युवा युवतीले प्रशिक्षण लिइरहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here