आजबाट कक्षा १२को परीक्षा संचालन हुनुपर्दथ्यो । १२ कक्षामा पढ्ने विद्यार्थीहरु मानसिक रुपमा परीक्षा दिनका लागि तयार पनि थिए । तर सरकारलेभन्दा पनि राष्ट्रिय परीक्षा बोर्डले एकाएक परीक्षा स्थगित गरिएको जानकारी गराएपछि विद्यार्थीमा अन्यौलता छाएको छ ।देशमा जे सुकै भएपनि पढाइमा असर हुनुहुदैन । शिक्षकका समस्या होलान्, कर्मचारीका होलान् र राजनीतिक तहमा पनि समस्या होलान तर यसको सिधा असर विद्यार्थीमा देखाउन पाइदैन तर देखाइयो । परीक्षा नियन्त्रण बोर्डले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको छ ।
हुन त यसमा दोषि बोर्डभन्दा बढी सरकार छ । तर, बोर्ड भनेको पनि त सरकार नै हो । सरकारले उचित व्यवस्थापन नगरे पनि बोर्डले विकल्प खोज्न पर्ने थियो त्यसो पनि भएन । आफ्नो सुनौलो भविष्यको खोजीमा रहेका विद्यार्थीहरुलाई शिक्षक आन्दोलनको नाउमा बर्बाद बनाइएको छ । २१ गतेबाट शुरु भए त ठीकै पनि होला अनि त्यो समयमा पनि नभए के होला ?
बाहानाबाजी बनाएर परीक्षाको समय सारेको सारै गर्दा उचित हुन्छ र ? सरकार र बोर्डले यसको जवाफ दिन आवश्यक छ । सरकार गैरजिम्मेवार भयो भन्दैमा बोर्ड यस्तो हुनुहुन्न । बोर्ड भएपनि शिक्षकहरु त हुनै नहुनुपर्ने तर यहाँ जिम्मेवार भनेको कोही पनि देखिएनन । अनि विद्यार्थीहरुको भविष्यमाथि खेलवाड मात्रै भइरहेको छ । यो चैं जुनसुकै हिसावले हेरे पनि गलत नै हो ।