कलैया,किराना व्यापार संघ कलैयाले बारा उद्योग वाणिज्य संघको निर्वाचनमा दिएको उम्मेदवारी फिर्ता लिएर निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।संघले सामवार कलैयामा पत्रकार सम्मेलनमार्फत आफूसँग आवद्ध भएर निर्वाचनमा भाग लिने तयारीमा रहेका र आफनो संघमा आवद्ध सदस्यहरुले दिएको उम्मेदवारी फिर्ता गरी निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जानकारी गराएको हो । संघको आइतवार बसेको बैठकले बारा उद्योग बाणिज्य संघको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो ।

संघको तर्फबाट उम्मेदवारी दिएका कोषाध्यक्ष पदका उम्मेदवार राजेश गुप्ता, सचिव पदका उम्मेदवार दिपलाल साह, सदस्य पदका लागि उम्मेदवारी दिएका दिनदयाल साह, संजयकुमार पटेल, देवकुमार साह, शोभाकुमारी सर्राफ, अन्जनीकुमार साह, विशालकुमार साह र बाबु योगेन्द्र कुमारको उम्मेदवारी फिर्ता भएको संघका अध्यक्ष सुनिलकुमार साहले बताउनुभयो ।
‘उद्योग वाणिज्य संघ बारा सबै व्यापारी र व्यवसायीहरुको आवाज उठाउने साझा संस्था हो, अध्यक्ष साहले भन्नुभयो,‘तर संघका पदाधिकारीहरुले नै व्यापारीमाथि आक्रमण गर्ने, अभद्र व्यवहार गर्ने, कुट्ने जस्ता गतिविधि गरेको कारण उम्मेदवारी फिर्ता लिएर निर्वाचन बहिष्कार गर्न बाध्य भएका छौ ।’

आइतबार साँझ महासचिवको उम्मेदवार सन्तु साहको पसलअगाडि उम्मेदवारी फिर्ता लिने विषयमा कुराकानी भइरहेको बेला अचानक उपाध्यक्ष पदका उम्मेदवार गोल्डेन भन्ने प्रदीप साह आएर सचिव पदमा उम्मेदवारी दिनुभएका दिपलाल साहमाथि आक्रमण गरी गाली गलौज गरेको व्यवसायीहरुले बताएका छन ।बारा उद्योग वाणिज्य संघमा वाणिज्यतर्फ ५ सय ७२ र उद्योगतर्फ ९२ जना मतदाता रहेको जनाइएको छ । जसमध्ये २ सय जति किराना व्यापारी सदस्य रहेको अध्यक्ष साहले बताउनुभयो । बारा उद्योग वाणिज्यसंघको निर्वाचन यही असोज ५ गते हुने भएको छ ।

Leave a Reply